एक दिनको कच्चा पिजडा
जीवनको अन्तिम सत्य
एक दिनको कच्चा पिजडा,
दुई दिनको घाम–छायाँ।
मर्ने आज कि भोलि,
मरेको दिनमा लादैन साथमा
लाखौँ होस् धन–सम्पत्ति।
बाँधी–छादी लगेर
घाटमा अग्नि सोला लाउँछन्।
पोलि–पाली, पखाली
जलमा एक्लै छोडी आउँछन्।
श्रम, अन्न र जीवन
कोही धान कुट्ने,
चामल केलाउने गर्नेले
यस्तै गर्यो।
धान–चामल सराबर,
रैबन्दी बराबर,
त्यै पनि खानै पार्यो।
— गणेश कटवाल

0 Comments