डिजिटल मौन
वर्तमानको छायामा एउटा क्षण
गणेश जी
स्क्रिनको उज्यालो देख्दा मन उज्यालो बन्छ,
तर सेल्फीको भिडभाडमा हृदय अन्धकार र अशान्ति बोकेर हिँड्छ।
थुप्रै सन्देशहरू आइरहन्छन् —
तर मनको कुनामा एउटै मौनता बसिरहन्छ।
घडी दौडिन्छ आफ्नै रफ्तारमा,
तर घाम अस्ताउँदा किन हो — मैले त्यो दृश्य देखिनँ?
सबै जोडिएका छन् नेटवर्कको जालोमा,
तर म अब आफैंसँग जोडिन्छु —
त्यो नै एउटा शान्त क्रान्ति हो।
रिलमा करोडौं दृश्यहरू,
तर घरमा सुक्खा रोटी — माया त देखाउने मात्रै हो।
मन्दिरमा आस्थाको भीड,
तर हृदयमा छुरा —
विश्वासको नाममा आफैंलाई काटिरहेका छन् मान्छेहरू।
रिलले देखाउँछ संसारको सपना,
तर कसैलाई थाहा छैन —
त्यो मान्छे कस्तो छ, के सोचिरहेको छ, कति पीडा बोकेको छ?
सिरक ओडेर रुन्छु राति,
र रिलमा मुस्कान टाँस्छु।
म आफैंलाई भन्छु — आत्माघाती।
यो एउटै मान्छेको दुई अनुहारको कथा हो।
डिजिटल मौन भनेको यही हो —
जति धेरै जोडियौं, त्यति नै एक्लो भयौं।
जति धेरै देखाउने कोसिस गर्यौं,
त्यति नै आफैंबाट टाढा भयौं।
तर अहिले
म त्यो मौनतासँग बोल्न सिकिरहेको छु —
र आफैंलाई फेरि भेट्न थालेको छु।
समर्पण
यो कविता आफूभित्रको शान्ति खोज्ने हरेक यात्रीलाई समर्पित छ।
© गणेश जी 🌙🕊️


0 Comments