बिहानदेखि बेलुकासम्म : यात्रा

बिहानदेखि बेलुकासम्म : यात्रा

गणेशजी

बिहानको उज्यालो

आजको घामले
हिजोका पाइलाहरू
पुछिदियो सब।


मध्यान्हको पहिचान

मेरै छायाँमा
भेटेँ आफैंलाई आज –
त्यो नै गीत हो।


बेलुकीको अनुभूति

बिहानीको झरना
मेरो निधार छोएर
भन्यो – "यही हो।"


दिन त बित्यो,

तर समयभित्र

मैले आफूलाई भेटेँ।

घामले विगत बगायो,

छायाँले परिचय दियो,

र एउटा शान्त स्पर्शले

सबै प्रश्नहरूलाई

एउटै उत्तरमा विलीन गरिदियो –

"यही हो।"




Post a Comment

0 Comments