त्यो दिन


त्यो दिन

त्यो दिन

मैले आफैंलाई भेटें
एउटा ऐनामा,

जो मेरो थिएन –
तर म थिएँ।

त्यो दिन

मौनले बोल्यो,

र मैले
आफ्नो गहिराइ
नापें।

त्यो दिन

म समय भएँ –

न हिजो,
न भोलि,

केवल
शाश्वतको स्पर्श।

कहिलेकाहीँ
आफूलाई भेट्न

टाढा जानुपर्दैन,

एउटा क्षण,
एउटा मौन,
एउटा ऐना नै काफी हुन्छ।

© गणेश जी ✨


Post a Comment

0 Comments